बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा  उच्च प्रतिफल पाइने उदाहरण स्थापित गर्दै एनसेल, ८ करोड लगानी गरेर वर्षेनि अर्ब माथिको लाभांस

शुक्रबार, चैत्र ६ २०७७

काठमाडौं । नेपालमा लगानी गर्दा नोक्सानी हैन उच्च प्रतिफल पाइन्छ भन्ने पछिल्लो नमुना हो, ऐनसेल ।

ऐनसेल यो वर्ष सबैभन्दा धेरै मुनाफा बाहिर लाने कम्पनी बनेको छ । ऐनसेलले  यो वर्षको सात महिनामा १३ अर्ब ९७ करोड लाभांश लगेको  छ । तर, गत वर्ष भने यसले एक रुपैयाँ पनि नाफा लगेको थिएन ।

नेपालको ऐनसेल टेलिकम सेवामा वेस्ट इन्डिजको लगानी रहेको छ । जसले कर नतिरेका कारण र बाहिर  नै सेयर खरिद बिक्री गर्ने गरेका कारण बेलाबेलाा बिबादित पनि हुने गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७४÷०७५ मा २८ अर्ब ५ करोड र २०७५÷०७६  मा १२ अर्ब ४१ करोड लाभांश लगेको थियो । यसले लगानीका लागि नेपाल आकर्षक गन्तव्य हो भन्ने भनाइमा बल पुगेको छ ।  

रेनोल्डस् होल्डिङ्सले एनसेलमा गरेको लगानी करिब ८ करोड रुपैयाँ मात्र हो । त्यसबाहेकको दुई करोड पन यसकै लगानी हो भने पनि यहाका लगानीकर्ताको स्वामित्व कागजमा  देखिन्छ ।

यसले मात्रै होइन राष्ट्र बैंकका अनुसार, यो वर्ष १३ कम्पनीले १९ अर्ब १८ करोड रुपैयाँ लाभांश लगेका छन् । यो सँग ैलाभांशवापत् मुलुकबाट बाहिरिने रकम ह्वात्तै बढेको देखिएको छ।

केहि वर्ष अगाडी करोडमा लगानी गरेका कम्पनीले अर्बमा लाभांश लानुले नेपालमा लगानी गर्याे भने उच्च प्रतिफल पाइन्छ भन्ने पुष्टि गर्छ । तर कुन क्षेत्रमा र कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने चाहि जान्न जरुरी छ ।

टेलिकम्युनिकेसन् क्षेत्रमा गरिने लगानी अत्यन्त न्युन हुन्छ र प्रतिफल  उच्च हुन्छ । कतिपयले यसको लाभांस  सरकारलाई तिर्नुपर्ने कर छलेर कमाएको दाबी गरेपनि त्यो पुष्टि हुने आधार भने कसैले पेश गर्न सक्दैन ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार विदेशी लगानीका २२ कम्पनीले गत आर्थिक वर्षको सात महिनामा मात्र ९ अर्ब ९४ करोड रुपैयाँ लाभांश लगेका थिए । सूर्य नेपालमा लगानी रहेको भारतीय कम्पनी आईटीसी लिमिटेडले मात्र ५ अर्ब ५२ करोड  लगेको थियो । यसपालि वैदेशिक लगानीका १३ वटा कम्पनीले एक वर्षमै १९ अर्ब रुपैयाँभन्दा बढी लाभांश विदेश लगेका छन् ।

नेपालमा लगानीको वातावरण नै छैन भन्ने उद्योगी व्यापारीको गुनासो छ । तर लगानी गर्न जानयो भने उच्च प्रतिफल छ भन्ने यस आँकडाले देखाउँछ ।