काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधि पाएको छ । नेपाली सेयर बजारको बिकास र बिस्तारमा बिगत लामो समयदेखि लागि परेका अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको सञ्चालक समितीमा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट निर्विरोध चयन भएसंगै टेलिकमले पहिलो पटक सर्वसाधारणको तर्फबाट सञ्चालक पाएको हो ।
नेपाल टेलिमले यही चैत १३ गते आफ्नो बार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । सोही सभा मार्फत निर्विरोध चयन भएका पौडेललाई अनुमोदन गरिने टेलिकमले जनाएको छ । उनी नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष समेत रहेका पौडेल नेपाल उद्योग वाणिज्य महासङ्घले गठन गरेको पूँजी बजार फोरमका समेत अध्यक्ष हुुन । पौडेल अहिले करिब चार दर्जन कम्पनीहरूको सेयरधनी रहेकाछन । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत चार कम्पनीको सञ्चालक रहेकाछन ।
नेपाल टेलिकममा निर्विरोधरुपमा सञ्चालक चयन भएसंगै नेप्सेमा सुचीकृत पाचौं कम्पनीको समेत सञ्चालक बन्न सफल भएकाछन । स्मरण रहोस नेप्सेमा सुचीकृत रहेका दुई सय १६ वटा कम्पनीहरु मध्ये नेपाल टेलिकम बजार पुंजीकरण एवं कारोवार सबैका दृष्टिकोणले सबैभन्दा ठुुलो कम्पनी हो ।
