आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु 

सोमबार, चैत्र २ २०७७

काठमाडौं ।  सिन्धुली, बाँके र चितवनका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँस्थित सडकमा प्रदेश नम्बर ३–०१–००५ ख ९४८६ नम्बरको बसको पछाडिको टायरले किच्दा सोही नगरपालिका–८ ढाक्सी बस्ने ओम आचार्यको छोरी ५ वर्षीया सोनिका आचार्यको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शहिद मेमोरियल अस्पताल कलंकी हुँदै कान्ती बाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउरालीस्थित सडकमा प्रदेश २–०३–००१ क ०५९९ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा टिपर चालक मकवानपुर भिमफेदी–२ बस्ने २५ वर्षीय बिनोद बलको घटनास्थलमै मृत्यु भएको छ । 
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ सादीखोलास्थित सडकमा ना.७ ख ८९२ नम्बरको बस र बा.७३ प २५८३ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका–६ बुडोल बस्ने २० वर्षीय दिपन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका–२ बस्ने १८ वर्षीय पवन कोईरालाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ बालेगाँउस्थित सडकमा भे.३ प ६९७१ नम्बरको मोटरसाइकलको ठक्करबाट भारत घर भएका मक्सुदा अली कवडियाकी छोरी ८ वर्षीया गुलावसा कवडियाको आइतबार राति मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको भेरी अस्पताल नेपालगंज हुँदै थप उपचारको लागि भारतको लखनउतर्फ लैजाने क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
चितवनको राप्ती नगरपालिका–३ मार्तलपुल नजिक सडकमा ना.८ ख १४२० नम्बरको ट्रक र बा.१८ च १३७१ नम्बरको बलेरो एक–आपसमा ठक्कर खाई ट्रक सडकबाट करिब १० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ बस्ने २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ बस्ने २७ वर्षीय बिबेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ