आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला 

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरमा भारत उत्तर प्रदेश सुडाल बोडर–७ घर भएका ३२ वर्षीय संजय कपरिया बाबा बुधाबर मृत अवस्थामा फेला परेका छन् । 
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० बेहरास्थित गहुँबारीमा हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ रातोपानीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब २२ वर्षीय पुरुष शुक्रबार  मृत अवस्थामा फेला परेका छन् । कैलाली, लम्की चुहा नगरपालिका–१ झुंगा टोलस्थित घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।