आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट    

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं ।  कीर्तिपुर नगरपालिका–९ पांगा दोबाटोस्थित नबिन श्रेष्ठको द बर्गर हाउस रेष्टुरण्टमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
ललितपुरको माहाँकाल गाउँपालिका–३ जप्का बस्ने गणेश बहादुर घिमिरेको गोठमा कुडो पकाउने क्रममा बिहीबार बिहान  आगलागी हुँदा करिब १० लाख ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ राउतबेशी पुरानो गाउँ बस्ने ५८ वर्षीय नर बहादुर कार्कीको घर र गोठमा बिहीबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ९ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
सप्तरीको कञ्चनरुप नगरपालिका–४ बकलटोल बस्ने जगदिश साहको गोठमा बालेको घुरबाट बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नारायण साह तेलीको घरमा समेत आगलगी हुँदा गोठ र घर पूर्णरूपमा जलेर करिब २ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेलास्थित थुपारी राखेको पराल नजिक सोही नगरपालिका–११ बस्ने २८ वर्षीय भरत सार्कीले म.१ ह ७७३ नम्बरको अटो सोही पराल नजिकै रोकी चुरोट खाईरहेको अवस्थामा उक्त परालमा बिहीबार राति आगलागी हुँदा म.१ ह ७७३ नम्बरको अटो समेत जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा सबै स्थानको आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।