आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मुलुक बिकासशिलमा प्रवेश गर्दै, उद्योगको बढोत्तरी हुन नसक्दा अर्थतन्त्र जोखिममा

सोमबार, फाल्गुन २४ २०७७

काठमाडौं । मुलुक बिकासशिल राष्ट्रको रुपमा बढोत्तरी हुन लागेको छ । कम बिकसित राष्ट्रबाट बिकासशिल राष्ट्रमा प्रवेश गर्दा उद्योग क्षेत्रको अर्थतन्त्रमा योगदान बढ्नु पर्ने हो । तर अर्थतन्त्रमा उद्योगको साटो  सेवा क्षेत्रको बढोत्तरी भएको छ ।

कम बिकसित राष्ट्रको रुपमा रहँदा अर्थतन्त्रमा कृषि क्षेत्रको  योगदान सबैभन्दा बढि हुन्छ । त्यसैले नेपालको कृषि क्षेत्रमा अहिले कृषिको योगदान २६ प्रतिशत छ । तर यहाँ उद्योगको योगदान भने बढ्न सकेको छैन ।

कृषि क्षेत्रबाट उत्पादित कच्चा पदार्थको प्रयोग गरेर औद्योगिक उत्पादन बढाउनु पर्ने थियो । तर अहिले यहाँकै कच्चा पदार्थमा आधारित उद्योगको स्थापना हुन सकेको छैन । यहाँ सञ्चालनमा रहेका उद्योगहरु अहिले पनि बिदेशबाट आयात गरिएका बस्तुमा आधारित रहेर  उत्पादन गरिरहेका छन् ।

२० वर्ष अघि देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ३६ प्रतिशत थियो । अहिले २६ प्रतिशतमा झरेको छ । मुलुक अल्पविकसितबाट विकासशिलतर्फ प्रवेश गर्दै गर्दा कृषि क्षेत्रको योगदान घट्नुलाई सकारात्मक मानिन्छ ।

तर कृषिको योगदान घट्दा उद्योग क्षेत्रको योगदान बढ्नु पथ्र्यो । तर उद्योगको योगदान बढ्नु त परै जाओस उल्टो घटिरहेको छ । आर्थिक वर्ष २०६७÷६८ मा अर्थतन्त्रमा उद्योगको योगदान ६ दशमलव शुन्य नौ प्रतिशत थियो । 

अहिले ५ दशमलव एक प्रतिशतमा झरेको छ । अर्थात १० वर्षमा उद्योग क्षेत्रको योगदान बढ्नुको साटो १६ दशमलव दुई पााच प्रतिशतले घटेको छ । 

अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गएको छ । अल्पविकसितबाट विकासशील हुने क्रममा कृषिको योगदान घटेर उद्योगको योगदान बढ्नुपर्नेमा सेवा क्षेत्रको योगदान बढेको छ । जसलाई अर्थविदले अर्थतन्त्रमा जोखिम बढेको रुपमा अर्थाएका छन् ।

 

सेवा क्षेत्रमा होटल, यातायात, घरजग्गा, बैंक बित्त, सञ्चार लगायत पर्छन् । ती क्षेत्रको योगदान १० वर्ष अघि ५१ प्रतिशत रहेकामा अहिले बढेर ६० प्रतिशत नाघेको छ ।

वैदेशिक रोजगारीमा रहेका युवाले पठाएको विप्रेषणले विदेशबाटै बस्तु आयात गरि खपत गर्ने क्रम बढ्दो छ । जसका कारण सेवा क्षेत्रको योगदान बढेको हो । उद्योगको साटो सेवा क्षेत्रको योगदान बढ्नुलाई अर्थतन्त्रका जानकारहरु जोखिमपूर्ण भन्छन् । 

अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान निरन्तर ओरालो लागेपनि औद्योगिकरणतर्फ सरकारको ध्यानै छैन । अल्पविकसित मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुन्छ ।

औद्योगिकिकरण पछि विकसित मुलुकमा प्रवेश गर्दा बढ्नु पर्ने सेवा क्षेत्रको योगदान भने अहिले नै अकासिएको छ । जुन अर्थतन्त्रमा सकारात्मक होइन  र सुखद होइन । आन्तरिक उत्पादनका आधारमा उद्योगहरु सञ्चालनमा ल्याउन नसके यसले भविष्यमा मुलुकमा ल्याउन सक्ने जोखिममा सरकार अहिले नै सचेत हुन जरुरी छ ।