आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोशी नदीमा बगिरहेका माझीको एपीएफ टोलीद्वारा सकुशल उद्धार :–

बुधबार, फाल्गुन १९ २०७७

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ७ स्थित सिसौली घाटस्थित कोशी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० बर्षिय दुर्गा माझीलाई एपीएफ टोलीले फागुन १८ गते सकुशल उद्धार गरेको  छ । 
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले उनको तत्कालै उद्धार गरेकोे हो । 
माझीजातीहरुको महान चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो । 
सोही ठाउँमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै तत्कालै गएर सो घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।