आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु पर्छः जिसी

मंगलबार, फाल्गुन १८ २०७७

काठमाडौं ।  राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।
जिल्ला वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उहाँको भनाइ थियो ।

jeshi4.JPG 
सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उहाले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गर्नु भयो । सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै उहाँले सहकारीमार्फत व्यवसाय सञ्चालनका लागि वाधक ऐनहरु परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरीले सहकारीहरुलाई प्रभावकारी बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुभयो । जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारी अभियानलाई समृद्ध समाज निर्माणमा थप क्रियाशिल र प्रभावकारी बनाउनका लागि राज्य र सहकारीबीच सहकार्यमा जोड दिनुभयो ।  कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व अध्यक्षहरु पूण्यप्रसाद अर्याल र केशवराज लम्साल, जिल्ला वचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेल, संघका सल्लाहकार मुक्ति प्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
साधारणसभाको उद्घाटन सत्र संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष यज्ञ प्रसाद पाठकको स्वागत र सचिव अच्यूत प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

jeshi.JPG

jeshi1.JPG

jeshi3.JPG 

jeshi2.JPG