आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा दुुई जनाको मृत्यु 

सोमबार, फाल्गुन १७ २०७७

काठमाडौं ।  रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीस्थित सडकमा भे.१ ख २६४६ नम्बरको ट्रकले लु.४२ प ७५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कपिलबस्तु, कपिलबस्तु नगरपालिका–९ बस्ने ३५ वर्षीय बिमल गिरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
प्युठानको माण्डबी गाउँपालिका–४ चोरपानी भन्ने स्थानमा लु.२ त १६७० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक माण्डबी गाउँपालिका–५ चकचके बस्ने १८ वर्षीय ईमान थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।