आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवा नेता योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर

सोमबार, फाल्गुन १७ २०७७

काठमाडौं । नेकपा युवा नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिँदा एकजना व्यक्ति घाइते भएका छन् । साइकलमा सवार ती व्यक्तिलाई नेता भट्टराई चढेको गाडीले रौतहटको चन्द्रनिगाहापुरमा ठक्कर दिएको हो ।

घाइते हुनेमा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे रहेका छन् । उनकाे उपचार चपुरमा भइरहेकाे बताइएकाे छ । साइकल यात्री घिमिरेलाई साँझ ७ः१५ बजे भट्टराई सवार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिएको थियो । घाइते घिमिरेलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।