बागलुङ । काठेखोला गाउँपालिका–५ कर्लिमको सुन्दरचोकस्थित नरहरी कडेलको गोठमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा सँगैभएको घरमा समेत आगो फैलिएर घर, गोठ, ३ तोला सुन, नगद १ लाख ५० हजार रुपैयाँ समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।