काठमाडौं । अहिले जग्गााको कारोबारमा सुधार मात्रै होइन उत्साह आएको देखिएको छ । बैंकहरुमा अधिक तरलताका कारण ऋणको ब्याजमा कमि आएको छ । ब्याज दर कम भएका कारण ऋण लिएरै भएपनि जग्गामा लगानी गर्नेहरु बढेका छन् ।
गत वर्षको पुसमा ११.९४ रहेको रहेको औसत कर्जाको ब्याजदर अहिले घटेर ९.०९ प्रतिशत कायम भएको छ । रियल स्टेट कर्जा गत वर्षको तुलनामा ४ प्रतिशतले बढेको राष्ट्र बैंक बताउँछ ।
यसरी बैंकको ब्याज मात्रै हैन बिदेशबाट आउने रेमिट्यान्स पनि बढेको छ । रेमिट्यान्स ११.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ। यसले पनि जग्गाको किनबेच बढाएको छ । मालपोत कार्यालयहरुका अनुसार शहरी क्षेत्रबाट नजिकका ग्रामीण भेगमा कारोबार बढेको छ ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघ मसान्तसम्ममा नै ७ लाख ७ हजारवटा जग्गाको किनबेच भइसकेको छ । जुन गत एक वर्षको भन्दा यो वर्षको सात महिनामै करिब ९ हजार बढि हो । अझै वर्षका अझै ५ महिना त कारोबार हुन बाँकि छ ।
कारोबार बढेपनि सोहि अनुपातमा सरकारको राजस्व भने बढ्न सकेको छैन । गत वर्षको भन्दा ७ हजार बढि कारोबार हुँदा राजस्व भने गत वर्षको भन्दा करिब १३ अर्ब कम उठेको छ ।
गत वर्षको असारसम्म २८ अर्ब २ करोड राजस्व उठेकामा यो वर्षको माघसम्म १५ अर्ब २७ करोड उठेको छ । साना खालका टुक्रे जग्गाको कारोबार धेरै भएकाले राजस्व भने कारोबार बढेअनुसार उठ्न नसकेको विभागका अधिकारीहरु बताउँछन् ।
व्यवसाय सञ्चालन गर्नका लागि समेत कैयनले जग्गा बिक्री गरेका छन् । कारोबार बढेपनि ठूलो मात्रामा जग्गाको मूल्य भने बढेको छैन ।
अहिले शहरि क्षेत्रमा कारोबार बढेको मालपोत कार्यालयका अधिकारीहरु बताउँछन् । शहरि क्षेत्रका नजिकका रहेका ग्रांमीण क्षेत्रमा कारोबार बढेको छ । बैदेशिक रोजगारीमा गएका युवाले पठाएको रकममा बृद्धि सँगै बैंकको ब्याजदर सस्तीदा समेत लगानीकर्ता यता आकर्षित भएका छन् ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्षको असार सम्म ६ लाख ९८ हजार वटा घरजग्गा किनबेच भएका थिए । यो वर्षको ६ महिनामै गत व एक वर्षमा भएको कारोबार भन्दा धेरै भएको देखिन्छ ।