आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पहिलो त्रैमासको आर्थिक बृद्धि खुम्चीएको देखियो, ७ महिना बित्दा सम्म ३ महिनाको तथ्यांक निकाल्दैन तथ्यांक विभाग 

सोमबार, फाल्गुन १० २०७७

पहिलो त्रैमासको आर्थिक बृद्धि खुम्चीएको देखियो, ७ महिना बित्दा सम्म ३ महिनाको तथ्यांक निकाल्दैन तथ्यांक विभाग 

काठमाडौं । सरकारले लिएका लक्ष्य अनुरुप आर्थिक बृद्धि संभव छ छैन भनेर तथ्यांकको लेखाजोखा राख्ने तथ्याक विभाग यतिबेला पहिलो त्रैमासको तथ्यांक निकाल्न पनि असफ भएको छ । वर्षका ७ महिना बित्दासम्म ३ महिनाके तथ्यांक अहिलेसम्म बाहिर ल्याउन सकेको छैन । 

स्रोतका अनुसार विभागले पहिलो त्रैमासको तथ्यांक तयार पारेर पनि बाहिर ल्याएको छैन । स्रोत भन्छ ‘गत वर्षको तुलनामा  यो वर्षको पहिलो त्रैमासको तथ्यांक केहि खुम्चीएको देखिएको छ, त्यसैले पनि तत्कालै सार्वजनिक नगरिएको हो । ’ जबकी गत वर्ष पुष १५ सम्ममा विभागले यस खालको तथ्यांक सार्वजनिक गरेको थियो । 

सरकारी निकायले तथ्यांक सभयमा ननिकाल्दा यो वर्षको बृद्धि कति हुन्छ भनेर अन्यौल सिर्जना भएको छ । 

यता सरकारले चालु आर्थिक वर्षको बजेटको आकार मध्यावधि समिक्षा मार्फत घटाएपनि आर्थिक बृद्धिको लक्ष्य भने संसोधन गरेको छैन । 

नेपाल राष्ट्र बैंकले हालैमात्रै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा  र अर्थमन्त्रालयले  बजेटको अर्धवार्षिक समिक्षा गर्दै औसत आर्थिक बृद्धि हुने बताएका छन् । 

तर दुबै निकायले यो वर्षको आर्थिक बृद्धि ठ्याक्कै कति हुने भनेर भने बोलेका छैनन् । र अहिलेसम्म सरकारले यो आर्थिक वर्षको बृद्धि पनि संसोधन गरेको छैन ।  यता कुल गार्हस्थ उत्पादनमा झन्डै २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा धानको बृद्धि खासै उत्साहजनक छैन । 

गत वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएकोमा यो वर्ष ७० हजार मेट्रिक टनले बढेर ५६ लाख २१ हजार मात्रै उत्पादन भएको छ । 

 १४ दशमलव सात प्रतिशत योगदान गर्ने थोक तथा खुद्रा ब्यापार पनि महामारीको अघिको भन्दा आधा कम छ । त्यस्तै साढे ५ प्रतिशत योगदान दिने उद्योगधन्दा अहिले ५४ प्रतिशत मात्रै पुर्ण क्षमतामा चलेका छन् । जसले गर्दा औसत खालको आर्थिक बृद्धि हुने राष्ट्र बैंकको आकलन छ ।

गत वर्षको पुस सम्ममा २ सय ४७ अर्ब ३६ करोडले  कर्जा बिस्तार भएकोमा यो आर्थिक वर्षको सोहि अवधिमा ४८ प्रतिशतले बढेर ३ सय ६६ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेट नै संसोधन गरेको छ । १४ खर्ब ७४ अर्बको बजेट संसोधन गरेर १३ खर्ब ४४ अर्ब बनाइएको छ । पुँजीगत खर्च र चालु खर्च संसोधन गरेपनि सरकारले यो वर्षको आर्थिक बृद्धिमा भने अहिलेसम्म संसोधन गरेको छैन । महामारीका बिचमा नै आएको बजेटले यो वर्ष ७ प्रतिशतको हाराहारीमा आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । 

तर बिश्व बैंकले भने नेपालको यो वर्षको आर्थिक बृद्धि शुन्य दशमलव ६ प्रतिशत मात्रै हुने भनेर आकलन गरेको छ ।  एसियाली बिकास बैकले १ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि भनेको छ । तर बिज्ञहरु भने यो वर्ष चार प्रतिशतको हाराहारीमा मात्रै आर्थिक बृद्धि हुने अनुमान गर्छन् ।

सरकारले पुँजीगत खर्च गर्न सकेको छैन  । यसलाई समयमै खर्च गर्न सक्ने हो भने पनि आर्थिक बृद्धिमा  टेवा पुग्नेछ ।