आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपन्न सन्थाललाई न्यानो कपडा वितरण

सोमबार, माघ १९ २०७७

झापाको पश्चिम दक्षिणी सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीका विपन्न सन्थाल परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रहरी श्रीमती संघ प्रदेश(१ को तर्फबाट गौरीगञ्ज–६ खजुरगाछीका ३५ परिवारलाई जाडोबाट बच्न सहयोग पुग्ने कपडाहरु वितरण गरिएको हो ।

सो अवसरमा उनीहरुलाई कब्बलसहित केही खाद्यान्नसमेत प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायतको उपस्थिती रहेको कार्यक्रममा संघकी अध्यक्ष श्रीजना थापा कार्कीले सहयोग सामग्रीहरु प्रदान गरेकी थिईन् ।