मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

पहिलो संस्करणको उपाधि विजेता जनकपुर र दुई पटक उपविजेता बनेको सुदूरपश्चिमबीचको आजको खेललाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ ।

आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा आफ्नो स्थान थप सुरक्षित गर्न चाहन्छ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ । ६ अङ्क जोडेको टोली अंकतालिकाको तेस्रो स्थानमा छ ।

यता, जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरका लागि पनि आजको खेल महत्वपूर्ण हुनेछ ।

एनपिएलको जारी तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।