शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौं । हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

उनका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ ।

भूकम्पबाट भएको क्षति तथा प्रभावबारे भने विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।