काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ। यससँगै पछिल्लो तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।
यसैगरी, चाँदीको मूल्य पनि बुधबार तोलामा १०० रुपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ निर्धारण गरेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो। यसअनुसार पछिल्लो तीन दिनमा चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको छ।