शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

धनुषामा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

शुक्रबार, साउन १५ २०८३

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायमै रहेको जनाएको छ। प्रशासनले बिहान ६ बजेदेखि ८ बजेसम्म भने सर्वसाधारणलाई अत्यावश्यक सामग्री खरिदका लागि घरबाहिर निस्कन अनुमति दिएको छ।

प्रशासनका अनुसार कर्फ्यु अवधिमा अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध ढुवानी गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू सञ्चालनमा रहनेछन्।

यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री तथा बिरामीलाई सम्बन्धित निकायले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ।

विमानस्थल आउने–जाने यात्रुले भने हवाई टिकट देखाएर आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ। प्रशासनले कर्फ्यु आदेशको पालना गर्दै शान्ति–सुरक्षा कायम गर्न सबैमा आग्रह गरेको छ।