आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

शुक्रबार, असोज ३ २०८२

काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद् चाँडै पूर्णता पाउने बताएका छन्।

शुक्रवार नयाँबानेश्वरस्थित यातायात व्यवस्था विभागमा सरसफाई तथा पुनर्निर्माण अभियान शुभारम्भ गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयहरूलाई पूर्णता दिन ढिलाइ नगर्ने आश्वासन दिएको जानकारी दिए।

उनले सरकारले सरसफाई तथा पुनर्निर्माणका काम अघि बढाइसकेको उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणमा सबै पक्ष जुट्नुपर्ने आह्वान पनि गरे।