शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

तारकेश्वरको खेल मैदानमा झुण्डिएको अवस्थामा महिलाकाे शव फेला

सोमबार, साउन ५ २०८२

काठमाडौं । काठमाडौंको तारकेश्वरमा एक महिलाको शव भेटिएको छ ।

तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कसैले पनि उनको पहिचान गर्न नसकेको र घटनास्थलबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।