आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कुलिङ पिरियड नराखी विधेयक अगाडि बढ्दैन : डा. कोइराला

मंगलबार, असार १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभई सार्वभौम संसद्प्रति गरिएको अपमान भएको टिप्पणी गरेका छन् ।

कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कार्य देश र जनताप्रति गरिएको घोर अपराधसमेत भएको बताएका छन् ।

कुलिङ पिरियड नराखी विधेयक अगाडि बढ्न नहुने उनको भनाइ छ । विधेयकमा कुलिङ पिरियड राख्ने प्रावधानमा तोडमोड भएको खुलासा पछि उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् :

सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।
यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।
कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।