आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्रीले बोल्दा पनि रास्वपाले विरोध जारी राख्ने

शनिबार, असार १४ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध जारी राख्ने निर्णय गरेको छ ।

आफूहरूको आन्दोलन जारी भएकोले आजको बैठकमा पनि अवरोधलाई जारी राख्ने निर्णय गरेको सांद हरि ढकालले जानकारी दिए ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

उनले भने,‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ ।’ रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ ।

तर सरकारले गृहमन्त्री लेखकको राजीनाको सट्टामा छानविन समिति गठन गरेको छ । तर रास्वपाले उक्त समितिप्रति असहमति जनाउँदै आइरहेको छ ।