काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। असार १४ गते शनिबार बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। शनिबार नै प्रतिनिधिसभा बैठक पनि बस्दै छ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा विरोध गर्दै आएको छ। मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा समिति गठन गरे पनि रास्वपाले त्यसलाई स्वीकार गरेको छैन।