धादिङ । धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।
अन्दाजी ५६ वर्षीया साइँली गिरी बुधबार बिहान ८:४५ बजे धादिङको गल्छी गाउँपालिका-१ छांगेश्वर मन्दिरस्थित त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
गल्छि १ र ८ नम्बर वडा जोड्ने झोलुंगेपुलबाट उनी हामफालेको स्थानीयले जनाएका छन् ।
उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।