आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गोकुल बाँस्कोटाको प्रश्न : हरेक साल जेठ–असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ?

बुधबार, असार ११ २०८२

काठमाडौं । नेकपा (एमाले) नेता एवं सांसद गोकुल बाँस्कोटाले हरेक वर्ष जेठ(असारमा मल र कृषिमन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै प्रश्न टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्कोटाले नेपालमा सत्ता तालमेलको साँचो जनताले सजिलै थाहा पाउने तर मलको अभाव र कृषिमन्त्रीको अनुपस्थितिको रहस्य कसैले नबुझ्ने गरेको टिप्पणी गरेका हुन्।

‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्। तर हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो,’ उनले लेखेका छन् ।

उनले राजनीतिमा घेराबन्दी तोड्ने कुरा धेरै सुनिएको तर मलको घेराबन्दी तोड्ने बहादुर नेता कोही ननिस्किएको भन्दै व्यंग्य समेत गरेका छन्।

‘राजनीतिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन। लौ न कोही छ!’ उनले लेखेका छन् ।