काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ।
नेपालकाे बयान न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेकाे छ ।
बुधबार पतञ्जलि जग्गा हिनामिना प्रकरणमा बयान दिनका लागि उनी आफैं अदालत पुगेका हुन् ।
नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपालले आफूनिकटका नेताहरुसँग आफूले कुनै गलत काम नगरेको भन्दै अदालतबाट निर्दोष सावित हुने विश्वास दिलाउने गरेका छन् ।