काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ।
बोर्डका अनुसार १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरूको बारेमा जानकारी दिएको छ।
बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ ।
नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।
