बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रौतहटमा शाैचालयकाे सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

बुधबार, असार ११ २०८२

काठमाडाैं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१०, निबुवा टोलमा मंगलबार साँझ खेल्दै गर्दा शाैचालयकाे सेफ्टी ट्याङ्कीमा खसेर दुई   बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गरिमा साहका छोरा रञ्जे साह र जगदीश साहकी छोरी खुश्बु साह रहेका छन्। दुवै बालबालिका साँझ करिब पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको खुला सेफ्टी ट्याङ्कीमा खसेका थिए।

घटनापछि तत्काल उद्धार गरी चपुरस्थित सरकारी अस्पताल लगिए पनि उपचार सुरु हुनु अघि नै डाक्टरहरूले राति ८ः१५ बजे उनीहरूलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।