काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि फेरि पक्राउ परेकी अमला रोका रिहा भएकी छन् ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी थिइन्। उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पुनः पक्राउ परेकी भएपनि हाजिर जमानीमा रिहा भएकी हुन्।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।