आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राप्रपासहित रास्वपाले पनि गर्‍यो प्रतिनिधि सभा बैठक बहिष्कार

शुक्रबार, असार ६ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि प्रतिनिधि सभाको आजको बैठक बहिष्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै आएक यी दुई दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै आएक यी दुई दलले सदन सुरू भएलगत्तै कुर्सीबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रमलाई ‘विशेष कारण’ भन्दै कार्यसूचीबाट हटाएका थिए।

सभामुखले कार्यसूची अगाडी बढाएपछि उनीहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै वेल घेराउ गर्दै आएको रास्वपाले पनि राप्रपाले जस्तै आज संसद बैठक वहिष्कार गरेको छ ।

त्यसपछि सभामुख घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाले सदन छाडेर हिँडेका हुन्।