आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने

शुक्रबार, असार ६ २०८२

काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यस अघि पनि तीन दलका शीर्ष नेताहरूको बैठक बस्ने भनिएकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजधानी बाहिर रहेका कारण बैठक हुन सकेको थिएन ।  बिहीबार पनि बैठक बस्ने तय भएको थियो। तर स्थगित गरिएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने अडान राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निरन्तर वेल घेराउ र नाराबाजी गरिरहेको छ। यी लगायतका समसामयीक राजनीतिक विषयमा छलफल हुने स्रोतले बतायो ।