आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बुधबार, असार ४ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच मंगलवार साँझ करिव दुई घण्टा लामाे भेटवार्ता भएको हाे । उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमै वार्ता भएको हो ।

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाबिच दुईबीचको भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

यस्तै दुई नेताबीच मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा समेत प्रधानमन्त्री ओलीलाई जानकारी गराएको स्रोतले बतायो ।

लामो समयसम्म ‘राजनीतिक सहयात्री’का रूपमा चिनिएका यी दुई नेताबीचको सम्बन्धमा आएको चिसोपन, आरोप–प्रत्यारोप र दूरीलाई राजनीतिशास्त्रले गम्भीर रूपमा हेरिएको थियो । तर, यो भेटले उनीहरुबीच चिसिएको भनिएको सम्बन्धमा सुधार हुनसक्ने आँकलन हुन थालेको छ ।