आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी र रास्वपाप्रति विष्णु रिजालको व्यङ्य : ‘नखाऊँ भने दिनभरिको शिकार, खाउँ भने….’

मंगलबार, असार ३ २०८२

काठमाडौं । एमाले केन्द्रीय सदस्यसमेत रहेका युवा नेता विष्णु रिजालले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति व्यङ्य गरेका छन् ।

हौसिएर गृहमन्त्रीको राजीनामाको माग उठाइहालेपछि दुई बुँदे सहमतिको रुमालले मुख छोप्दै पछि हट्दा माओवादी आफ्नै पंक्तिभित्र तीब्र आलोचित भइरहेको नेता रिजालले बताएका छन् । संसदको वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएको रास्वपा यसभन्दा ठूलो संकटमा फसेको उनले बताएका छन् ।

संसदमा सत्तापक्षसँग माओवादीले गरेको दुई बुँदे सहमति र रास्वपाको पलेँटी आन्दोलनले दुवैलाई अप्ठेरोमा पारेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् स्सायद यसैलाई भन्छन्, : ‘नखाऊँ भने दिनभरिको शिकार, खाउँ भने….’

रिजालले दुई बुँदे सहमतिका कारण माओवादी बाहिर मात्र हैन आफैँभित्र पनि तीव्र रूपमा आलोचित भइरहेको उल्लेख गरेका छन् ।

‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद चल्नु र नचल्नुसँग मतलब छैन । संसदमा रास्वपा नेतृत्वविहीन छ र गृहमन्त्रीको राजीनामा मागमा नराम्री फसेको छ ’ रिजालले लेखेका छन्, ‘रास्वपाले जति अवरोध गर्छ,त्यति अप्ठेरोमा पर्छ । जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ ।’