आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राप्रपाले आज पनि बहिष्कार गर्‍याे संसद बैठक

सोमबार, असार २ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद बहिष्कार गरेको छ ।

संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किए।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताए ।

उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताए ।

उनले जबसम्म संसदलाई जबरजस्ती अगाडी बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गरे।

अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे । राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गर्दै आएका छन् ।