आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हाजिर हुन काठमाडौं जिल्ला अदालत पुगे धवलशमशेर जबरा

सोमबार, असार २ २०८२

काठमाडौं ।  राप्रपाका महामन्त्री धवलशम्शेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्।

आज (सोमबार) बिहान जबरा अदालतमा हाजिर भएका हुन् । गत चैत्र १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा भएको घट्नामा पक्राउ परी हाजिरी जमानीमा छुटेका थिए ।

उनी गत बैशाख ७ गते हाजिर जमानीमा छुटेका थिए । तर, प्रहरीले मुद्दा दर्ता गराउँदा भने उनी सम्पर्कमा थिएनन् ।

प्रहरीले उनीहरुको नाममा पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको थियो । यो बीचमा प्रहरीले उनका स्वकिय सचिवलाई समेत जरिवाना तोकेको थियो ।

उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

यही प्रकरणमा पक्राउ परेका राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने धेरै पछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत रिहा भएका थिए । उनी पनि अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् ।