आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता

सोमबार, असार २ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आइतबार अभियोगपत्र दर्ता भएको छ । सो मुद्दामा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएको छ । ​

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् ।

लामिछानेविरुद्ध पर्सा र रुपन्देहीसँगै कास्की, चितवन र काठमाडौंमा पनि सहकारी ठगी तथा संगठित अपराध मुद्दा दर्ता भएको छ ।