आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सभामुख र प्रमुख दलका मुख्य सचेतकहरूबीच छलफल

आइतबार, असार १ २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेकको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने उनीहरुको माग छ ।