आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भ्रष्टाचार आरोपमा मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंह पक्राउ

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौँ । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई विहीबार काठमाडौँ महानगरपालिका–१० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो ।

विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उनीहरुको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी बदमासी गरेको पाइएको आयोगले जनाएको छ ।

सो रकम आफ्नो र श्रीमतीको खातामा राखी भ्रष्टाचार गरेको आयोगको दाबी छ । प्रदेशसभा सदस्य सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।