आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भुरुङ्ग–तातोपानी कुण्डमा प्रचण्ड

बुधबार, जेष्ठ २८ २०८२

म्याग्दी । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार म्याग्दीको अन्नपूर्णा गाउँपालिका -२ भुरूङ तातोपानी आइपुगेका छन् ।

उनले आज (बुधबार) बिहान तातोपानी कुण्डमा स्नान गरे। माओवादी केन्द्रका महासचिव देव गुरुङ, केन्द्रिय सचिव दिनानाथ शर्मा, गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुुर जुग्जाली, हरिबहादुुर भण्डारी, प्रदेश सहसचिव टेकबहादुर बिक र सचिवालयको टोली सहित बिहान ५ः३० बजे कुण्डमा पुगेका प्रचण्डले करिब ४५ मिनेट पोखरीमा बिताएका थिए ।

तस्बिर : प्रचण्डको सचिवालय ।