नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
शनिबार साँझ ५ बजे देउवा र प्रचण्डबीच छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोध गरेपछि संसद्को कारबाही अघि बढ्न सकेको छैन । यसै बीच दुई नेताबीच भेटवार्ता भएको हो । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।
आर्चायका अनुसार देउवासँगको छलफलमा प्रचण्डले भिजिट भिसा प्रकरणको छानबिनका लागि छुट्टै आयोग बनाउने प्रस्ताव गरेका थिए। तर उक्त प्रस्ताव देउवा सहमत नभएको बुझिएको छ ।