आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सप्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या

शुक्रबार, जेष्ठ २३ २०८२

सप्तरी  । सप्तरीमा डाँका समूहले धारिलो हतियार प्रहारगरी एक जनाको हत्या गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका ५० वर्षीय कान्तालाल चौधरीको डाँका समूहले धारिलो हतियार प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना गएराति १ बजे तिरको हो । ४–५ जनाको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरूले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा कान्तालालमाथि समूहले आक्रमण गरेको थियो ।

डाँका समूहले पाँच तोला सुन, दुई किलो चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।