काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएका छन् ।
उनीहरु अदालतको सम्पर्कमा हुने सर्तमा हाजीरी जमानीमा छुटेका थिए।
मिश्र र राणा सम्पर्कविहीन भएपछि जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।
मिश्र र राणाका वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणा पक्राउ परेका थिए ।