काठमाडौं। संयुक्त जनआन्दोलन समितिले आज सोमबारको लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेकोले कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जनाएका थिए ।
काठमाडौंमा भएको प्रदर्शनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि थापालाई भेट्न गएका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
