आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

यातायात व्यवसायीले गरे सवारी जाम गरेर प्रदर्शन र विरोध सभा

आइतबार, जेष्ठ १८ २०८२

काठमाडौं । सवारी ऐन २०४९ विपरीत संघीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी सरकारले ऐन ल्याई निजी सवारीसाधनलाई पनि भाडाको सरह सञ्चालन गर्न लागेको भन्दै यातायात व्यवसायीले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरुले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।

सवारी ऐन, २०४९ को विपरीत गण्डकी सरकारले ‘राइड सेयरिङ’को नाउँमा निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधा दिएर सम्पूर्ण सार्वजनिक यातायात क्षेत्रलाई अस्तव्यस्त गर्ने काम व्यवसायीको भनाइ छ । सोही कारण आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

उनले हाल आन्दोलन सांकेतिक मात्र भएको बताए । यही जेठ १९ गतेदेखि देशभर आन्दोलन गर्ने उनले चेतावनी दिए ।