आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज नक्साल नारायणचौर क्षेत्रमा राजावादीहरुको प्रदर्शन

आइतबार, जेष्ठ १८ २०८२

काठमाडौँ । गत जेठ १५ गतेदेखि राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित प्रदर्शन गरिरहेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार आन्दोलनको चौथो दिन आज अपरान्ह २स्०० बजे नारायणचौर, नक्सालमा उनीहरुले प्रदर्शन गर्ने तयारी छ ।

देश बचाउन र देश बनाउनका लागि भइरहेको जारी आन्दोलनमा सहभागी हुनु भनेको सत्यनारायणको पुजा लगाउनु, कोटीहोम गर्नु जत्तिकै पुण्यको काम भएको उनले बताएका छन् ।

शनिबार उनीहरुले बालुवाटार क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरेका थिए ।
राजावादीले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने जनाए पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ असारसम्म नारायणहिटी दरबार संग्रहालय क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि उनीहरूले कार्यक्रमस्थल परिवर्तन गरेका थिए ।

नवराज सुवेदी नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले यो प्रदर्शनको नेतृत्व गरिरहेको छ ।