काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई मस्तिस्क घात भएको छ । ज्यान मुद्दामा उच्च अदालतबाट सफाइ पाएर उनी बुधबार मात्र जेलमुक्त भएका थिए ।
शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अपतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको हो ।
आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रारम्भिक परीक्षण तथा एमआरआई जाँचबाट उहाँलाई एक्युट इस्केमिक स्ट्रोकु भएको पुष्टि भएको जनाएको छ । उहाँको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।
हालसम्म उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र अस्पतालको आइसियु विभागमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखेर उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ।
उपचारमा रहेका डाक्टरकाअनुसार आलमलाई मस्तिष्कघात भएको साठे ३ घण्टापछि अस्पताल ल्याइएको थियो । स्टाेक हुँदा उनको देब्रे साइडको मस्तिष्कमा असर भएको उपचारमा रहेका डाक्टरले जानकारी दिएका छन् ।
आलमलाई अस्पताल ल्याइ पुर्याउँदा उनकाे बोली पनि नआएको, शरीर पनि चल्न सक्ने अवस्थामा नरहेको र बोल्न खोज्दा बोली लर्बरिएर बुझ्न नसक्ने अवस्था थियो । तर बिहानदेखिको उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
तत्काल अपरेशन गर्नु पर्ने नभएपनि किड्नीकाे पुरानै समस्या, सुगर-प्रेसरलगायतका रोगबाट ग्रसित आलमलाई अझ केही दिन आईसीयूमै राखेर उपचार गर्नु पर्ने अवस्था रहेको उपचारमा खटिएका डाक्टरले जानकारी दिएका छन् ।
