आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दलका प्रमुख सचेतकसँग सभामुखको छलफल : विपक्ष दलले छाडेनन् अडान

शुक्रबार, जेष्ठ १६ २०८२

काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध नखुलाउने अडान लिएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको मुख्य सचेतक र प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलहरूले आफ्नो अडान कायम राख्दै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायम राख्ने बताए ।

छलफल पछि रास्वपाका प्रमुख सचेतक सन्तोष परिवारले आफूहरू आफ्नो अडानमा कायम रहेको र गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसदको बैठक अगाडी बढ्न नसक्ने बताए । आफूहरूसँग भिजिट भिसा प्रकरणमा केही सूचना आएकाले त्यो सूचना संसद बैठकमा राख्ने पनि उनले बताए ।

उनले गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगको मागबाट आफूहरू पछि नहटेको बताए ।

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बजेट प्रस्तुत गर्न दिएकोमा विपक्षी दलहरूलाई धन्यवाद दिँदै बजेट पारित गर्ने विषय पनि संवैधानिक दायित्व भएकाले यसमा सहयोग हुने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बिहीबार आफूले संसदमा राखेको कुरा आजको बैठकमा राखेको बताउँदै गृहमन्त्री लेखकको राजीनामा नआएसम्म अगाडि बढ्न नसक्ने स्पष्ट गरे ।