काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्।
संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संगठन सहभागी हुँदै आएका छन्
आज अपरान्ह १२:३० बजेदेखि माइतीघर, बबरमहल क्षेत्रमा प्रदर्शन हुने राप्रपाका मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
‘आन्दोलनको आज दोश्रो दिन स् अपरान्ह १२:३० बजे माइतीघर-बबरमहल क्षेत्रमा पुगौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यसअघि बिहीबार राजधानीको शान्तिबाटिकामा राजावादी समूहले प्रदर्शन गरेका थिए।
उनीहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायतका माग अघि सार्दै अनिश्चितकालीन आन्दोलन सुरु भएको घोषणा गरेका छन्।