आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वराजालाई माधव नेपालको सुझाव : मुलुक सञ्चालन गर्ने भए चुनावी प्रतिस्पर्धाबाट जनताको मन जितेर आउनुस्

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएक हुन् ।

उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए।

अहिले राजतन्त्रको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको उनको भनाइ थियो । उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौति दिए ।

मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गगरे । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।