आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलले गरे विरोध, आधा घण्टाका लागि स्थगित

बुधबार, जेष्ठ १४ २०८२

 

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक १ बजेबाट सुरु भएको हो ।

बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए ।

बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

बैठक सुरु भएलगत्तै विपक्षी दलले उठेर विरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानसहित आज पनि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरे पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले अवरोध कायमै राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।